बागमती प्रदेशका मन्त्रालय निर्माण गर्न जग्गा प्राप्तीको पहल सुरु

प्रदेशको स्थायी राजधानी र नामाकरण भएपछी बागमती प्रदेशका मन्त्रालय निर्माण गर्न जग्गा प्राप्तीको पहल सुरु गरिएको छ ।
हेटौंडा ९ मा रहेको सिमेन्ट उद्योगको जग्गामा मुख्यमन्त्री कार्यालय सहित सबै मन्त्रालय निर्माण गर्न पुग्ने जग्गा छ तर उद्योगको नाममा जग्गा भएकाले प्रदेश सरकारको नाममा ल्याउन पहल भइरहेको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बताउनुभयो ।
अहिले मुख्यमन्त्री कार्यालय र विभीन्न मन्त्रालयहरु फरक फरक स्थान छन् । अब एउटै स्थानमा सबै मनत्रालयहरु र प्रदेशसभाको भवन निर्माण गर्ने गरी काम थाल्ने प्रदेश सरकारको तयारी छ ।
सवै मन्त्रालयहरु निर्माणका लागि अहिले डीपीआर निर्माण गर्ने र आउँदो वर्षको बजेट मार्फत काम गराउने तयारी भएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । मन्त्रालयका भवन निर्माण गर्नुभन्दा पहिलेनै धेरै काम गर्नुपर्ने भएकाले यसको तयारीमा जुटेको उहाँले बताउनुभयो ।







