बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त दुई सदस्यले लिए पद तथा गोपनियताको सपथ (हेर्नुहोस् भिडियो)
बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त दुई सदस्यले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
आज प्रदेश प्रमुखको कार्यालयमा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले सदस्य सुर्दशन ढकाल र सर्मिला न्यौपानेलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो ।
बागमती प्रदेशका प्रमुख विष्णु प्रसाद प्रसाई, मुख्यमन्त्री डोरमणी पौडेल र सभामुख सानुकुमार श्रेष्ठको उपस्थितीमा सपथ ग्रहण गराइएको हो ।
कार्यक्रममा प्रदेश प्रमुख प्रसाईले सपथ ग्रहण गर्ने सदस्यद्वयलाई प्रदेश सरकारले दिएको गहन जिम्मेवारीलाई मर्यादा र संविधान भित्र रहेर निर्वाह गर्न आग्रह गर्नुभयो ।
साथै निडर भएर नेपाली जनताको पक्षमा काम गर्न आग्रह गर्दै प्रदेश सरकारको तर्फबाट बधाई तथा आगामी कार्यकालको शुभकामना दिनुभयो ।
प्रदेशका मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलका नेताको सिफारिसमा दुईजना सदस्य नियुक्त भएका हुन् ।
सपथ ग्रहण कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल,जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतको सहभागिता थियो ।







