सञ्चारकर्मी लामिछाने र कँडेलले पाए आत्महत्या दुरुत्साहन मुद्धामा सफाई

छहारी संवाददाता
माघ ६, २०७६

जिल्ला अदालत चितवनले सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई सफाई दिएको छ ।

आजको बहस सकिएपछि अदालतको फैसला सुनाउँदै न्यायाधीश हेमन्त रावलले शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भन्ने बारेमा कुनै संलग्नता नदेखिएको भन्दै सञ्चारकर्मीद्धय लामिछाने र कँडेललाई सफाई दिएको जानकारी दिनु भएको हो ।

गत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट पुडासैनी आत्महत्या दुरुत्साहन गरेको आरोपमा पक्राउ गरिएको थियो ।

यस अघि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । विभिन्न चरणको वहस पछि आज भएको अन्तिम बहस पछि यो फैसला सुनाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*