क्रसर तथा खानी उद्योगको मनपरीमाथि संसदीय समितिको चासो 

७७ वटै जिल्लामा १० वर्षयता बिक्री गरेको गिट्टी, बालुवा र ढुङ्गाको सम्पूर्ण दर माग
छहारी संवाददाता
माघ ५, २०७६

क्रसर तथा खानी उद्योगले जथाभावी उत्खनन र मनपरी रकम असुलेको भन्ने गुनासो बढ्दै गएपछि  संसदीय समितिले अनुसन्धान गर्ने भएको छ ।

संसद्को अर्थ समितिले ७७ वटै जिल्लामा १० वर्षयता बिक्री गरेको गिट्टी, बालुवा र ढुङ्गाको सम्पूर्ण दर मागेको छ ।

सबै जिल्लाका समन्वय समिति सभापतिलाई आ–आफ्ना जिल्लाका कम्तीमा दुई क्रसर उद्योगका दरको विवरण बुझाउन समितिले निर्देशन दिएको हो ।

समिति सभापति कृष्णप्रसाद दहालले सचिवालय बैठकले दोषीलाई कारबाहीका लागि दर मागिएको बताउनुभयो ।

ढुङ्गा, बालुवा, रोडा, माटोजस्ता प्राकृतिक रूपमा पाइने सामग्री उद्योगीले आफूखुसी मूल्य निर्धारण गरी व्यापार गरेको पाइएपछि अनुसन्धान गर्न लागिएको उहाँको भनाइ छ ।

समितिले केही दिनभित्रै क्रसर तथा खानी उद्योग सञ्चालकसँग पनि छलफलको तयारी गरेको छ । सीआईएन
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*