सगरमाथा र माछापुच्छ्रे आधार शिविरबाट २ सय बढीको उद्धार

सगरमाथा आधार शिविर र माछापुच्छ्रे आधार शिविरबाट दुइ सय जना भन्दा बढी पर्यटक र गाइडको उद्धार गरिएको छ ।
उनीहरुको चार वटा हेलिकप्टर प्रयोग गरेर उद्धार गरिएको पर्यटन विभागले जनाएको हो । वर्षा र हिमपातमा फसेकाको उद्धार गरिएको पर्यटन विभागका निर्देशक मिरा आचार्यले जानकारी दिनभुयो ।
हालसम्म अन्नपुर्ण सर्किटको देउराली आसपासमा चार जना कोरियाली पर्यटक सहित तीन नेपाली सम्पर्क विहीन रहेको आचार्यले बताउनुभयो ।
सम्पर्क विहीन रहेका नेपालीमा गाइडद्वय सरोज परियार र छिरिङ भोटे र भरिया मिनबहादुर लामा रहनुभएको छ । कोरियाली पर्यटकको नाम आइनसकेको विभागले जनाएको छ ।







