नेकपाको आन्तरीक विवादले सभामुख चयन प्रक्रिया अवरुद्धः कमल थापा

छहारी संवाददाता
माघ ५, २०७६

राप्रपा अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले सत्तारुढ दल नेकपामा आन्तरीक विवाद रहेको टिप्पणी गर्नु भएको छ ।

जसको असर संघीय सदनमा देखिएको उहाँले बताउनुभयोे । आज पार्टीको भ्रातृ संगठन ट्रेड युनियन महासंघ नेपालको बागमती प्रदेश स्तरीय श्रमिक भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेकपा भित्रको आन्तरीक विवादका कारण सभामुख चयन प्रक्रिया अगाडि बढ्न नसकको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘पार्टीभित्र केही व्यक्तिको राय नमिलेको कारण सभामुख चयन प्रक्रिया पटकपटक अवरुद्ध भइरहेको छ।'

पार्टीको आन्तरिक विवादले सदन अवरद्ध हुनु प्रजातान्त्रिक मूल्य मान्यता विपरित हुने भन्दै उहाँले सभामुख चयन प्रक्रिया अगाडि बढाएर सदन सूचारु गर्न आग्रह गर्नुभयो । 

अध्यक्ष थापाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको अनुदान सहायता राष्ट्र हितमा रहेको बताउनु भएको छ । अमेरिकाले नेपालकै आग्रह अनुसार एमसीसी परियोजन मार्फत् पाँच वर्षभित्र नेपालमा करिब ६० अर्ब रुपैयाँ खर्च गर्ने सहमति गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष  थापाले हेटौंडा ४ हुप्रचौरमा रहेको बासुदेव सभागृह र स्व राजा वीरेन्द्रका शालिक भत्काउन नदिने चेतावनी समेत दिनुभएको छ । उहाँले आगामी जेठ महिनामा हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटको लागि प्रत्येक जिल्लाबाट सक्रिय सदस्यताको माध्यमबाट निर्वाचित भएर आउनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*