हिउँदे झरी देशभर एक सातासम्म रहने अनुमान

बिहिबारदेखि देशभर दिउँदे वर्षा भइरहेको छ । पूर्वी, मध्य तथा पश्चिमका अधिकांश भागमा हल्का र मध्यम वर्षा हुँदा चिसो बढेर जनजिवन प्रभावित भएको छ ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले एक सातासम्म झरी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली एवम् उच्च पहाडी भूभागमा हिमपात भएको भने तराईका भू भागमा हुस्सु र कुहिरो लागेको छ ।
एक सातासम्म देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । वर्षा र चिसोबाट सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध पनि गरेको छ ।
यसैबीच, मकवानपुरका अधिकांश भागमा गएरातीदेखि मेघ गर्जन सहित वर्षा भइरहको छ । वर्षासंगै आएको हावाहरीका कारण केहि स्थानको विद्युत आपूर्ति अबरुद्ध भएको छ । आपूर्ति खुलाउने प्रयास भइरहेको नेपाल विद्युत प्राधिकरण हेटौडा शाखाले जनाएको छ ।







