प्रदेश तीनको नाम वाग्मती र राजधानी हेटौंडा राख्ने नेकपा संसदीय दलको निर्णय

छहारी संवाददाता
पुस २६, २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश तीन संसदीय दलले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा आज बसेको संसदीय दलको बैठकले पार्टी सचिवालयको निर्देशन अनुसारको निर्णय गरेको हो ।

नेकपाको सचिवालयले नाम वाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो । सचिवालयको निर्देशन प्रति असन्तुष्ट सांसदहरूले आफ्नो फरक मत राखेका छन् ।

दलको निर्णयपछि प्रदेशको नाम र राजधानीका विषयमा अब नेकपाले प्रदेशसभामा एउटा मात्र प्रस्ताव दर्ता गराउनेछ ।

नेकपा संसदीय दलका नेतासमेत रहनु भएका प्रदेश तीनका मुख्यमन्त्री पौडेलले पार्टीको निर्देशनको उल्लङ्घन हुने र अर्को प्रस्ताव दर्ता हुने सम्भावना नरहेको बताउनुभयो ।

नेकपा भित्र ह्वीप लाउनु पर्ने अवस्था सिर्जना नहुने दाबी उहाँको छ । नेकपाभित्र प्रदेशको नामभन्दा राजधानीको विषयमा विवाद छ । प्रदेशसभामा नेकपा  एक्लैको बहुमत छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*