प्रदेश तीनको राजधानी हेटौंडा र नाम बागमती हुने पक्का

प्रदेश तीनको राजधानी हेटौंडा र नाम बागमती हुने पक्का भएको छ ।
लगातार पाँच दिनदेखि जारी नेकपा प्रदेश तीन संसदीय दलको बैठकले संसदमा राजधानी हेटौंडाको पक्षमा मात्रै प्रस्ताव दर्ता गर्ने निर्णय गरेपछि राजधानी पक्का जस्तै भएको हो ।
प्रदेश राजधानीका विषयमा संसदमा प्रस्ताव दर्ता गराउँदा हेटौंडाको पक्षमा मात्र दर्ता गराउने निर्णय भएको नेकपा प्रदेश तीनका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिनुभयो ।
यस्तै प्रदेशको नाम भने बागमती राख्ने सर्वम्मत निर्णय भएको उहाँले बताउनुभयो । अब प्रदेशको राजधानी हेटौंडा र नाम बागमतीको प्रस्ताव संसदमा दर्ता गरिनेछ ।
आजै दिउँसो ३ बजे संसद बैठक वस्दै छ । यद्यपी केही सांसदहरुले अन्य जिल्लाको पनि नाम दर्ता गराउने देखिएको छ ।
नेकपा सचिवालयले प्रदेश तीनको राजधानी हेटौंडा र नाम बागमती राख्न संसदीय दल र प्रदेश कमिटीलाई निर्देशन दिएपछि मुख्यमन्त्रीको सक्रियतामा आज पाँचौ पटक संसदीय दलको बैठक बसेको हो ।







