प्रदेश तीनको प्रदेशसभा बैठक पुस २३ गतेसम्मका लागि स्थगित

प्रदेश तीनको प्रदेशसभा बैठक पुस २३ गतेसम्मका लागि स्थगित भएको छ ।
पुस २२ गते भोली बैठकमा प्रदेशको राजधानी र नामको विषयमा मतदान हुने भनिए पनि आजको बैठक २३ गते दिउँसो ३ वजे सम्मका लागि स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी गराउनु भएको थियो ।
यद्यपी आजको प्रदेशसभा बैठकले प्रदेश नामाकरण सम्बन्धी कार्यविधि २०७६ सर्वसम्मत पारित भएको छ । नेकपाका प्रमुख सचेतक रामेश्वर फुँयालले प्रस्ताव गरेको कार्यविधिमा नेपाली कांग्रेसकी सचेतक राधा घले र विवेकशील नेपाली दलका नेता रमेश पौड्यालले समर्थन गर्नु भएको थियो ।
प्रस्ताव माथि विभिन्न सांसदहरुले छलफल गरेका थिए । सांसदहरुले उठाएका विषयमाथि प्रस्तावक फुँयालले जवाफ दिनु भएको थियो ।







