एकमत हुन सांसदहरुलाई मुख्यमन्त्री पौडेलको आग्रह

छहारी संवाददाता
पुस २२, २०७६

प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको राजधानी र नामका विषयमा एकमत हुन सांसदहरुलाई आग्रह गर्नु भएको छ ।

आजबाट सुरु भएको प्रदेश सभाको हिउँदे अधिवेशनमा  शुभकामना दिँदै उहाँले कुनै बिवाद नगरि राजधानी र नामाकरणको विषय टुङ्ग्याउन आग्रह गर्नुभएको हो ।

सबैको चासो र चिन्ताको विषय बनेको  प्रदेशको राजधानी र नाम यसै अधिवेशनबाट टुंगो लागे यो ऐतिहासिक हुने उहाँको भनाई थियो ।

सबैको सहमतीमा सहज ढंगले टुङगो लगाउन खोज्दा केहि ढिला भएको भन्दै मुख्यमन्त्री पौडेलले अब बिवाद रहिरहे संविधानले व्यवस्था गरे अनुरुप मतदान प्रक्रियाबाट टुंगोमा पुर्याउने बताउनुभयो ।

उहाँले यो अधिवेशनबाट बिना बिवाद टुङगीयो भन्ने सन्देश प्रवाह गर्न समेत सबैलाई अनुरोध गर्नु भएको छ । मुख्यमन्त्री पोडेलले आज पहिलो बैठकमा उपस्थिति भएका नवनिर्वाचित प्रदेशसभा सदस्य कृष्णलाल भडेललाई स्वागत समेत गर्नु भएको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*