९२ लाख ५१ हजार रुपैया सहित काठमाडौंबाट ४ जना हुण्डी कारोबारी पक्राउ 

छहारी संवाददाता
पुस २२, २०७६

महानगरीय अपराध महाशाखा टेकु काठमाडौंले अवैध रुपमा हुण्डी कारोबार गरी राजश्व छली गर्ने ४ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न स्थानमा लामो समय देखि अवैध रुपमा हुण्डी संचालन गरीरहेको सूचनाका आधारमा महाशाखाको टोलीले छापा मारेर अवैध रकम सहित ४ जनालाई आज पक्राउ गरेका महाशाखाका प्रवत्ता प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

काठमाडौंको न्युरोड क्षेत्र विभिन्न स्थानमा छापा मार्दा नगद, चेक रकम, हस्ताक्षर गरी राखिएको विभिन्न बैंकका चेकबुकहरु, ह्वाट्स्याप र विच्याटमा गरिएको हुण्डी कारोबार सहितको बिबरण बरामद गरिएको प्रहरी उपरिक्षक सिंहले जानकारी दिनुभयो ।

काठमाडौं ताहाचल १३ बस्ने एनएस ट्रेडर्स भोटेवहालका संचालक ३४ वर्षका कमल अग्रवाल, इन्द्रचोक बस्ने इ–जोन पसलका कर्मचारी ३१ वर्षका गोपाल अग्रवाल तथा सिन्धुपाल्चोक मेलम्चीका ३१ वर्षिय भोला नेपाल र सुनसरी धरान २ का जय दुर्गा ट्रेड इन्टरप्राइजेजका संचालक ५३ वर्षिय नारायण कुमार अग्रवाललाई पक्राउ गरिएको सिंहले बताउनुभयो ।

पक्राउ गर्ने क्रममा उनिहरुको साथबाट नगद १३ लाख ५२ हजार रुपैया र ७८ लाख ५१ हजार रुपैयको चेक गरी जम्मा ९२ लाख ५१ हजार रुपैया बरामद गरिएको प्रहरी उपरिक्षक सिंहले जानकारी दिनुभएको छ ।

उनिहरुमाथी प्रारम्भिक अनुसन्धान सुरु गरिएको र थप कार्वाहरीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक पठाइने महाशाखाले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*