तीन दिन देखि लगातार बसेको प्रदेश तीन नेकपा संसदीय दलको बैठक अनिर्णित 

स्थायी राजधानी र नामको विषयमा २२ गते बिहान पुनः छलफल गरिने
छहारी संवाददाता
पुस २१, २०७६

प्रदेश तीनको राजधानी र नामको टुङ्गो लगाउन तीन दिन देखि लगातार बसेको नेकपा संसदीय दलको बैठक अनिर्णित बनेको छ ।

हेटौडामा तीन दिनदेखि बसेको बैठकमा सांसदहरुबीच मत बाझिएपछि कुनै निष्कर्ष निश्कन नसकेको नेकपा प्रदेश तीनका प्रमुख सचेतक रामेश्वर फूयालले जानकरी दिनुभयो ।

बैठकमा अधिकांश सांसदले प्रदेशको राजधानी हेटौंडा हुने र पार्टी केन्द्रीय सचिवालयको निर्णय आफुहरुले मान्ने हुने धारणा राखेका थिए । केहिले मिश्रित धारणा राखेको बुझिएको छ ।

यद्यपी कुनै निणर्य नगरी बैठक पर्सि २२ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ । बैठकमा केही सांसदले पार्टी सचिवालयको निर्णयलाई लिएर आपत्ति जनाए पनि पार्टीको निर्णय र निर्देशन विरुद्ध नजाने बताएका छन्।

यद्यपी कुनै निणर्य नगरी बैठक पर्सि २२ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ । तीन दिन सम्म चलेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल, पार्टीका प्रदेश इन्चार्ज तथा सांसद अष्टलक्ष्मी शाक्य लगायत ६६ जना सांसद तथा नेताहरुले आफ्ना धारणा राखेका छन् ।

यसअघि राजधानी हेटौंडा राख्ने र नाम बागमती हुने सचिवालय बैठकको निर्णय विरुद्ध कडा अभिव्यक्ति दिएका तत्कालिन भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले आजको बैठकमा भने अझै छलफल गर्न जरुरी रहेको धन्दै लचिलो धारणा राखेको बुझिएको छ ।

विभिन्न कारणले विरोधमा उत्रिए पनि अन्तमा सचिवालयको निर्णयलाई मान्नुको विकल्प नभएको केहि सांसदको भनाइ छ। 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*