वडाध्यक्ष खत्रि माथि मुक्का प्रहार

खाेटाङ जिल्लाकाे दिप्रुङ चुईचुम्मा गाउँपालिका–२, डाँडागाउँका वडाध्यक्ष भिमबहादुर खत्रीमाथि हातपात भएको छ ।
स्थानिय काका भतिज विचकाे लेनदेनको विषयमा उत्पन्न विवाद समाधानका लागि छलफल गराउने क्रममा अाज आइतबार वडाध्यक्ष खत्रीमाथि कार्यकक्षमै हातपात भएको हो ।
काका श्याम मंग्राती र भतिज अर्जुन मंग्रातीबीच
छलफल गराउने क्रममा मध्यपान गरि अाएका भतिज अर्जुन मंग्रातीले वडाध्यक्ष खत्री माथि मुक्का प्रहार गरेकाे स्थानिय प्रत्यक्षदर्शिले जनाएका छन् । यसै क्रममा मंग्रातीले सहायक कर्मचारीलाई समेत छातीमा मुक्का हानेको बताइएको छ ।
वडाध्यक्षलाई मुक्का हान्ने ३० वर्षीय मंग्रातीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएकाे प्रहरी निरीक्षक आमोदकुमार खेरबारले बताउनुभयो ।







