राजेन्द्र महताे माथि भ्रष्टाचारकाे मुद्दा दायर

छहारी संवाददाता
पुस २१, २०७६

अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगले प्रदेश नं २ का राजेन्द्र महताे माथि भ्रष्टाचारकाे मुद्दा दायर गरेकाे छ ।

ज्येष्ठ नागरिक, अपांग, असहाय र एकल महिलाकाे सामाजिक सुरक्षा भत्ता अपचलन गरेकाे भन्दै अख्तियारले प्रदेश नं २ पर्सा जिल्लाका राजेन्द्र महताे नुनियार विरुद्ध ५५ हजार ९ सय रुपैयाँ बिगो दाबी गर्दै बिगो अनुसार जरिवाना र १ वर्ष कैद जसाय मागदाबी गरेको छ ।

ज्येष्ठ नागरिकलाई प्रदान गरिने बृद्धभत्ता सहित सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हाे।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको साविक जयमंगलापुर गाविसका सचिव तत्कालीन गाविस सचिव नुनियारले मृत्यु भइसकेका ज्येष्ठ नागरिक, अपाङ्ग, असहाय तथा एकल महिलाको नाममा आएको भत्ता वितरण गरेको देखाएर अपचलन गरेको अख्तियारले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*