अन्यायपूर्ण एकता अस्वीकार्य हुने अनेरास्ववियू असन्तुष्ट समूहको भनाइ

छहारी संवाददाता
पुस २०, २०७६

अनेरास्ववियूले केन्द्रीय कमिटी तीन सय ३५ सदस्यीय बनाउँदै एकता टुंग्याएपछि असन्तुष्ट समूहले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर अन्यायपूर्ण एकता अस्वीकार्य हुने जनाएको छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकतापछि भातृ विद्यार्थी संगठन पनि एक भएका थिए । लामो समयको अन्यौलतापछि हिजो अनेरास्ववियूले भागबन्डाका आधारमा एकता टुंग्याएको थियो ।

संगठनमा विधि, पद्धति, क्रियाशीलता र क्षमतावानलाई पूर्वाग्रही ढंगले पाखा लगाउँदै गरिएको एकता आफूहरूलाई अस्वीकार्य हुने असन्तुष्ट समूहले प्रचण्डलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । उनीहरूले अन्यायपूर्ण एकता सच्याउन पनि माग गरेका छन् ।

प्रचण्डलाई भेट्न उपाध्यक्ष पञ्चा सिंह, दिपक देवकोटा, रविकिरण यादवसहित प्रदेशका संयोजक मदन भट्टराई, सूर्यनारायण शाह, क्षितिज सापकोटा, नारायण खनाल, अम्मराज शाहीलगायत पुगेका थिए ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*