देशका लागि देखेको सपना अझै पूरा हुन सकेनः प्रचण्ड 

छहारी संवाददाता
पुस २०, २०७६

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो बाँकी जीवन विकास र समृद्धिमा केन्द्रीत रहने बताउनु भएको छ ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उहाँले उहाँले देशका लागि आफूले अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । प्रचण्डले भन्नुभयो– "देशका लागि जे गर्ने सपना थियो त्यो पूरा हुन सकेन, त्यसैले अझै धेरै गर्न बाँकी छ ।"

पूराना संरचनामा बानी परेकोले नयाँ संरचना अलि अप्ठेरो लाग्नु स्वभाविक भएको प्रचण्डको भनाइ छ । तर देश नयाँ संरचनाबाट पछि हट्न नसक्ने उहाँले जिकिर गर्नुभयो ।

परिवर्तनका नायकलाई राजा महाराजाले कुनै न कुनै रूपमा मनोबैज्ञानिक दवाव दिइरहेकोले सजक हुन जरूरी रहेको उहाँले बताउनुभयो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*