नेकपा प्रदेश तीन संसदीय दलको बैठक लम्बियो, भोली पुनः बस्ने

प्रदेश तीनको राजधानी र नामाकरणको विषयमा धारणा राख्नेक्रम नसकिएपछि नेकपा प्रदेश तीन संसदीय दलको बैठक भोली पुनः बस्ने गरी स्थगित भएको छ ।
शुक्रबारबाट सुरु भएको बैठकमा आजसम्म सहमती खोज्ने भनियपनि सांसदहरुले धारणा राख्ने क्रम नसकिएपछि बैठक भोली पुनः बस्ने गरी स्थगित भएको हो ।
आज मकवानपुर, नुवाकोट, सिंधुली र काठमाण्डौका सांसदहरुले नेकपा सचिवालय वैठकले गरेको निर्णय मान्नुपर्ने धारणा राखेका छन् । पार्टीको निर्णय अनुसार हेटौंडा राजधानी हुनुपर्ने धेरैले धारणा व्यक्त गरेका छन् । हिजो हेटौंडा राजधानीको विपक्षमा धेरै सांसदहरुले आफ्नो धारणा राखेका थिए ।
वैठकमा हिजो र आज गरी ४० जना प्रदेश सभा सदस्यहरुले धारणा राखेका छन् । भोली फेरी ११ वजे वैठक वस्नेगरी आज सकिएको सांसदहरुले बताएका छन् । नेकपा प्रदेश तीन संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकमा नेकपाका प्रदेश नम्बर तीनका इन्चार्ज तथा प्रदेश सभाका सदस्य अष्टलक्ष्मी शाक्य, पार्टीका नेता राजेन्द्र पाण्डे, प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंङ्गेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल लगायतकाको सहभागिता रहेको छ ।
नेकपाका प्रदेशसभाका धेरै जसो सांसदहरु संसदीय दलको वैठकमा सहभागि छन् ।







