निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउँदा पर्ने असरबारे बुझ्न अन्तरिम आदेश 

छहारी संवाददाता
पुस १९, २०७६

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउँदा वनजंगल, वन्यजन्तु तथा चराचुरुंगीहरुको बासस्थानमा पर्ने असरबारे बुझ्न तत्काल काम अघि नबढाउन अन्तरिम आदेश दिएको बताउनु भएको छ ।  

आफू प्रधानन्यायाधीश भएको एक वर्ष पुगेका अवसरमा सर्वोच्च अदालतमा आयोजित पत्रकार सम्मेलनमा राणाले राज्यले गर्ने पूर्वाधार निर्माणका काममा अदालत बाधक नबन्ने धारणा राख्नुभयो ।

उहाँले सरकारले गर्ने काम र अदालतको संवैधानिक दायित्व फरक विषय भएको समेत प्रष्ट पार्नुभयो । नागरिकको अधिकार संरक्षण गर्ने र उनीहरुका कुरा सुन्ने संवैधानिक दायित्व अदालतको हो, अदालत राज्यका नागरिक मात्र होइन ढुंगामाटो, बनजंगल, जलचर र चराचुरुङ्गीको संरक्षणप्रति पनि उत्तिकै जिम्मेवार हुन्छ ।

सरकारले गर्ने काम भन्दैमा जनताले प्रश्न उठाएपछि अदालतले त्यसमा के भएको हो भनेर नहेर्ने हुँदैन’ उहाँले भन्नुभयो । सर्वोच्च अदालतले गत पुस ६ गते निजगढ विमानस्थलको काम तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको थियो । सीआइएन
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*