राष्ट्रिय भवन संहिता परिमार्जन 

छहारी संवाददाता
पुस १९, २०७६

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सक्रियतामा राष्ट्रिय भवन संहिता  परिमार्जन भएको छ ।

सहरी विकास मन्त्रालयका सचिव नेतृत्वको भवन निर्माण व्यवस्था सुदृढीकरण समितिको बैठकले परिमार्जित संहिता पारित गरेको हो ।

२०७२ बैशाखमा गएका भूकम्प र परकम्पहरुका कारण निजी तथा सार्वजनिक भवनहरुमा ठूलो क्षति पुगेपछि भूकम्पीय जोखिमको विश्लेषण गरी राष्ट्रिय भवन संहिता १ ०५ परिमार्जन गर्न प्राधिकरणलाई जिम्मेवारी दिइएको थियो ।

प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्व्यन इकाई (भवन) ले यस सम्बन्धमा काम गरेको हो । संहिता परिमार्जन भएसँगै अब नेपालको आफ्नै मौलक भवन संहिता निर्माण भएको छ ।

यसअघि राष्ट्रिय भवन संहिता भारतीयलगायतका भवन संहितामा आधारित थियो । अब परिमार्जित सहिंता अनुसार डिजाइन निर्देशिकाहरु बन्नेछन् जसमा आधारित भएर मात्र भवनका डिजाइन तथा निर्माण गर्नुपर्नेछ । सीआइएन
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*