बलात्कार आरोपी सिद्धबाबाको बिषयमा कैफियत प्रतिवेदन झिकाउन आदेश

महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले धरौटीमा छाड्ने आदेश दिएको चार दिनपछि उच्च अदालत विराटनगरले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ ।
आज उच्च अदालत विराटनगरका मुख्य न्यायधिस तिलप्रसाद श्रेष्ठको इजलासले कैफियत प्रतिवेदन भिकाउने आदेश दिएको हो ।
गत मंसिर १६ गते पक्राउ परेका गिरीलाई जिल्ला अदालत सुनसरीले सोमबार तीन लाख धरौटीमा मुद्दाको पूर्पक्ष गर्ने गरी छाड्ने आदेश दिएको थियो ।
जिल्लाको आदेशको तीन दिनपछि सरकारी वकिलको कार्यालय सुनसरीले हिजो उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराएको थियो ।
आज मुख्यन्यायाधीश श्रेष्ठको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको उच्च अदालत विराटनगरका रजिष्टार जितेन्द्रबाबु थपलियाले जानकारी दिनुभयो ।
गत कात्तिक ४ गते राति महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा गिरी मंसिर १६ गते पक्राउ परेका थिए । सीआइएन







