२ किलो सुनसहित दुई जना पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत महाराष्ट्रका नविन गोपी चन्द र भरत सुरेशलाल छन् । उनीहरुले मलद्वारमा लुकाएर सुन ल्याएको प्रमुख भन्सार अधिकृत विष्णुराज ढकालले जानकारी दिनुभयो ।
यूएईबाट आएका उनीहरुले लुकाएको सुन पत्ता लगाउन काठमाडौं मेडिकल कलेजमै लगेर एक्सरे गर्नुपरेको थियो । सीआइएन







