ज्यान मार्ने उद्योगमा फरार "राते" पक्राउ

ज्यान मार्ने उद्योगमा फरार रहेका राते भनिने सुजन श्रेष्ठ पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखा टेकु काठमाडौले काठमाडौ २६ बाट श्रेष्ठलाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
धादिङ त्रिपूरा सुन्दरी गाउँपालिका ५ घर भइ हाल काठमाडौ नयाँबजार – १६ बस्ने श्रेष्ठले स्थानीय बिष्णु कठायतलाई फलामको रडले हानी हत्याको प्रयास गरेका थिए ।
उनलाइ थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको छ ।
यस्तै लागू औषध चरेश कारोबार मुद्दामा १५ महिनाको सजाय सुनाइएका फरार अभियुक्त पक्राउ परेका छन् ।
काठमाडौ २० का ३८ वर्षका साइटिस्ट भन्ने नरेश गणेश श्रेष्ठ न्युरोड क्षेत्रबाट पक्राउ परेको महानगरीय अपराध महाशाखा टेकु काठमाडौका प्रहरी प्रवक्ता एसपी सिंहले जानकारी दिनुभयो ।







