वेराेजगारि वढाउने शिक्षाप्रणालि परिवर्तन गर्नुपर्छ: मुख्यमन्त्री पाैडेल
प्रदेश तिनका मुख्यमन्त्री डोरमणी पौडेलले नेपालकाे हालकाे शिक्षा प्रणालिकै कारण वेराेजगारि सिर्जना भएकाे हुँदा शिक्षा प्रणालि परिवर्तन गर्नुपर्ने बताउनुभएकाे छ ।
अाज हेटौंडामा प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम केन्द्र प्रदेश नम्बर—३ को कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले पढाइ र सिकाइ फरक बिषयवस्तु भएकाे र शिक्षकहरुले पढाउने मात्र काम गर्ने सिकाउने काम नगरिदिँदा देश बेराेजगारिकाे दलदलमा फसेकाे बताउनुभएको हो ।
उहाँले प्रदेश सरकारले लगानिकाे वातावरण सिर्जना गर्न प्राबिधिक बिद्यालयले उपलब्धीमुलक शिक्षा दिनुपर्ने समेत बताउनुभयाे ।
मुख्यमन्त्री पौडेलले परिणाममुखी शिक्षाको लागी बिद्यालयले पढाई भन्दा सिकाईमा जोड दिनुपर्ने बताउनुहुँदै थप्नुभयो "युवा जनशक्ति ९० प्रतिशतको आँखा सिभिल ईञ्जिनियरिङमा जान्छ , अहिले हरेक बिद्यालयलाई प्राबिधिक शिक्षा राख्नुपर्ने होड त चलेको बताउँदै एउटा गाँऊपालिकामा एउटा बिद्यालय भए पुग्छ, अन्य बिषयलाई समेत सिकाई याेग्य वनाउनुपर्छ ।"
मुख्यमन्त्री पौडेलले सामुदायिक बिद्यालयमा पनि अंग्रेजी पढाई राम्रो भैसकेको र अब यातायातको साधन पनि राख्न प्राचार्यहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिमकेन्द्र परिषदका सदस्य सचिब डा. पुष्परमण वाग्लेले १४ वटा आंगिक शिक्षालय र ५ वटा साझेदारी शिक्षालय गरेर जम्मा १ सय ३४ वटा बिद्यालयहरुले प्राबिधिक जनाशक्ती निर्माणको जिम्मा लिएको जानकारि गराउनुहुँदै उक्त बिद्यालयहरुले बिद्यार्थीलाई सिकाईमा जोड्न आबश्यक रहेको पनि उहाँले बताउनुभयो । साथै उहाँले प्रतिबर्ष १८ हजार ४ सय ३४ जनालाई प्राबिधिक शिक्षा दिनसक्ने क्षमता समेत परिषदसंग रहेकाे जनाउनुभयाे ।
हालसम्म १३ वटा जिल्लामा एक सयवटा सामुदायिक बिद्यालयमा प्राबिधिक शिक्षा अध्ययन भईरहेको उहाँले जानकारी दिनुभयो ।







