मकवानपुर महत्वपूर्ण पर्यटन गन्तव्यः जिसस प्रमुख खुलाल

छहारी संवाददाता
पुस १६, २०७६

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुर जिल्ला धेरै कारणले महत्वपूर्ण पर्यटन गन्तव्य हुँदा हुँदै पनि प्रचारप्रसार राम्रोसंग हुन नसकेको बताउनु भएको छ ।

आज इन्द्रसरोवर गाउँपालिकाको जलाशय स्थलमा आयोजित पर्यटन वर्ष सन् २०२० को स्वागत कार्यक्रममा उहाँले अहिले भने अझ तिब्र गतिमा पर्यटकिय क्षेत्रको प्रचार प्रसारका लागि योजना निर्माण गरेर अगाडी बढेको बताउनुभयो ।

प्रमुख खुलालले देश र जिल्लाले समृद्धि प्राप्त गर्ने कुरा कृषि र पर्यटन रहेको भनदै यसको विकासमा विषेश पहल गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

पर्यटकलाई आकर्षित गर्न स्थानिय स्तरमा सरसफाईका साथै पर्यटकलाई गर्ने व्यवहारमा परिवर्त गर्नु पर्ने बताउनुभयो । प्रमुख खुलालले पर्यटन वर्ष सन् २०२० र्ला स्वागत गर्न तयारी अवस्थामा रहेको बताउनु भएको छ ।

इन्द्रसरोवरमा प्रत्येक साता करिब २ हजार आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने गरेका छन् । पर्यटन वर्षलाई लक्षित गरी यस क्षेत्रमा एक दर्जन नयाँ होटल पनि थपिएको र केही बन्ने क्रममा रहेको इन्द्रसरोबर गाउँपालिकाले जनाएको छ ।

यसैत्रीच, नेपाल भ्रमण वर्ष सन् २०२० सफल पार्न प्रदेश तीन सरकारले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्यटन स्तम्भ निर्माण, ईन्द्रसरोवर गाउँपालिकाको सहकार्यमा मन्त्रालयले मार्खुमा साँस्कृतिक कार्यक्रम, पाराग्लाडिङ, पहिलो पर्यटक ३ जनालाई कुलेखानीमा निशुल्क बस्ने व्यवस्था समेत गरेको छ ।

यस्तै जनवरीको पहिलो दिन पुस १६ गते चितवनको सौराहा, चितवन विमानस्थल, मकवानपुरको इन्द्रसरोवर, रसुवागढी नाका र तातोपानी नाकामा गरी ८ वटा कार्यक्रम आयोजना गरेको छ ।

त्यस्तै भोली नै पर्यटकको गन्तव्यको रुपमा रहेको सौराहामा विभिन्न जातीय पहिचान झल्कने साँस्कृतिक कार्यक्रम रहेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । १६ गतेबाट ४ दिन सौराहामा हात्ती वाक र हात्ती सुन्दरी प्रतियोगिता समेत हुनेछ ।

चितवन विमान स्थलमा आउने पहिलो विदेशी पर्यटकलाई मायाको चिनो तथा स्वागत गर्ने कार्यक्रम समेत रहेको छ । मन्त्रालयले चितवनमा फस्ट फ्लाइट २० जनालाई निशुल्क जंगल सफारी तथा हात्ती सफारी गराउनुका साथै एक रात बस्ने व्यवस्था समेत गरको मन्त्रालयले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*