समृद्ध नेपाल निर्माणको महत्वपूर्ण आधार पर्यटनः मन्त्री अरुण नेपाल 

छहारी संवाददाता
पुस १६, २०७६

प्रदेश तीनका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले समृद्ध नेपाल निर्माणको महत्वपूर्ण आधार पर्यटन रहेको बताउनु भएको छ ।

आज इन्द्रसरोवर गाउँपालिकाको जलाशय स्थलमा आयोजित पर्यटन वर्ष स्वागत कार्यक्रममा उहाँले पर्याप्तताको एउटा बिन्दुमा पुगेपछि अन्य विकासका योजनाहरु रोकिन सक्ने भन्दै उहाँले पर्यटन कहिलै पनि नरोकिने बताउनुभयो ।

उहाँले भन्नुभयो– 'नेपाललाई चिनाउने गतिविधि झनै बढ्दै जान्छ, पर्यटनबाटै व्यक्ति र देशको दिगो आर्थिक विकासमा हुनेछ ।'

पर्यटन क्षेत्रको विकासका निम्ती आफ्नो स्थानबाट के गर्न सकिन्छ भन्नेमा जनता स्वयमले पनि ध्यान जानु पर्ने उहाँको भनाई छ ।

मन्त्री नेपालले मकवानपुरको इन्द्रसरोवर प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० को उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताउनुभयो ।

पोखरा पछिको उत्कृष्ट गन्तव्य इन्द्रसरोवर बन्नसक्ने भन्दै उहाँले त्यसको लागि  प्रदेश सरकारले बृहत्त योजना सहित पूर्वाधार विकासको काम गरिरहेको बताउनुभयो ।

उहाँले इन्द्रसरोवर जलाशयको बीच भागमा रहेको टापुमा हिन्दुका लागि मन्दिर र बौदहरुका लागि गुम्बा निर्माण गर्न प्रदेश सरकारले डीपीआर तयार गरिरहेको जानकारी दिनुभयो । साथै आफुले साइकल ट्रेलको लागि प्रस्ताव गरेको भन्दै उहाँले छिट्टै स्थानियको जिवनस्तर उकासिने गरी योजना बनिरहेको बताउनुभयो ।

बिजुलीका लागि अन्यत्रै तयारी भइरहेको भन्दै उहाँले अबको केहि वर्षमै यो जलाशयको पानी जमायर पर्यटन विकासको केन्द्र बनाउने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामा, उपाध्यक्ष उमा लामा लगायतको आतिथ्यता रहेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*