प्रदेश तीनको राजधानी ‘हेटौडा’ र नाम ‘वाग्मती’ राख्ने औपचारिक निर्णय पुस २१ गते हुने

छहारी संवाददाता
पुस १५, २०७६

प्रदेश तीन सरकारको मन्त्रीपरिषद बैठकले तीन महिनादेखि बस्न नसकेको प्रदेशसभा बैठक यही पुस २१ गते आह्वान गर्न तयारी थालेको छ ।

स्थायी राजधानी र नामको टुंगो नलागेसम्म सभा सञ्चालनको निर्णय नगरेको सरकारले नेकपा सचिवालयले हेटौंडा स्थायी राजधानी र नाम वागमती निर्णय गरेको भोलिपल्टै आज सभाको बैठक आह्वान गर्ने तयारी थालेको हो ।

पार्टी हाइकमाण्डले राजधानी र नाम टुंगो लगाएपछि आज साँझ मन्त्रीपरिषद बैठक बसी यही पुस २१ गते प्रदेश सभाको बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णग गरेको हो ।

प्रदेश प्रमुखलाई बैठक आव्हानका लागि सिफारिस गर्ने निर्णय गरेर पठाईको प्रदेश सरकारका आर्थिक मामिलामन्त्री तथा प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । प्रदेश सभाको बैठकमा प्रदेशको राजधानी र नामाकरणको विषय औपचारिक रुपमा टुङ्ग्याउनु पर्नेछ ।

आज साँझ काठमाडौंबाट फर्किनु भएका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीपरिषद् बैठक बोलाउनु भएको थियो । मुख्यमन्त्रीले सचिवालयले राजधानी र नाममा निर्णय गरेपछि एकसातामा प्रदेशसभा बैठकबाट पारित गर्ने यसअघि नै बताइसक्नु भएको थियो ।

दुईवर्ष देखि निर्णय हुन नसकेको प्रदेशको नाम र राजधानी अबको वैठकले टुंगो लगाउने विश्वास गरिएको छ । मन्त्रीपरिषद् बैठकले प्रदेश प्रमुखलाई सभाको बैठक बोलाउन सिफारिस गरेपछि प्रदेश प्रमुखले सभा आह्वान गर्ने कानूनी व्यावस्था छ ।

नेकपाको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णयलाई प्रदेश सभाले अनुमोदन गर्ने निश्चित छ ।

प्रदेश सभामा कुल ११० सांसद मध्ये नेकपाको ८० मत छ भने कांग्रेसको २२ र अन्य दलको आठ मत रहेको छ । प्रदेशको स्थायी राजधानीका लागि दुई तिहाई अर्थात ७४ मत भए पुग्छ । बाइलाइन नेपालको सहयोगमा ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*