कर्मचारिकाे छानविन गर्न प्रधानमन्त्री कार्यालयमा अख्तियारले काट्याे पत्र

छहारी संवाददाता
पुस १४, २०७६

एक चीन नीतिविपरीत काम गर्ने आइएनजिओको कार्यक्रम स्वीकृत गर्ने कर्मचारीमाथि छानबिन गर्न अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगले निर्देशन जारि गरेकाे छ ।

सामाजिक सेवा गर्ने भन्दै स्थापना भएका केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइएनजिओले धर्मप्रचारको काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्ता संस्थाको कार्यक्रम स्वीकृत गर्ने कर्मचारीमाथि छानबिन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयलाई निर्देशन दिएको हाे ।

संविधान, कानुन र परराष्ट्र नीतिको प्रतिकूल हुनेगरी परिषदबाटै कार्यक्रम स्वीकृत गराएर सञ्चालन गराउनु अत्यन्तै गम्भीर विषय भएकाे र परिषद्का कर्मचारीसँगको मिलेमतोमै परिषदबाट वार्षिक कार्यक्रम स्वीकृत गराएरै आइएनजिओले धर्म प्रचार र एक चीन नीतिविपरीतका कार्यक्रम सञ्चालन गरिरहेको पाइएको हुँदा अायाेगले छानविन गर्न लागेकाे हाे ।

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेख्दै संविधान र देशको कानुनप्रतिकूल हुनेगरी आइएनजिओको धार्मिक कार्यक्रम स्वीकृत गर्ने समाज कल्याण परिषद्का कर्मचारीमाथि छानबिन गर्न निर्देशन दिएको छ ।

आयोगको पत्रसँगै प्रधानमन्त्री कार्यालयले धर्म प्रचार र सरकारले लिएको एक चीन नीतिविपरीत काम गर्ने आइएनजिओको कार्यक्रम स्वीकृत गर्ने कर्मचारीमाथि छानबिन गर्ने तयारी अघि बढेको जनाएकाे छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अख्तियारको पत्रलगत्तै कोषको कामकारबाहीका विषयमा समिति गठन गरेर छानबिन गर्ने तयारी सुरु भइसकेको जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*