समय पुनः थप गर्नुपर्ने स्थिति सिर्जना नहाेस: जिसस प्रमुख खुलाल

भुकम्प पुनर्निर्माण कार्यले हालका समयमा गति लिएकाे भन्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बाँकि काम सम्पन्न गर्न समय थप गर्नुपर्ने अवस्थाकाे सिर्जना नहाेस भन्नुभएकाे छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना भई काम सुरु गरेकाे चार बर्ष पूरा गरेकाे अवसरमा हेटाैडामा अायाेजित कार्यक्रममा बाेल्नुहुँदै खुलालले विधालय निर्माणमा उल्लेख्य उपलव्धिका साथै अाशालाग्दाे पकृतिकाे निर्माण भएकाे बताउनुभएकाे छ ।
भुकम्पले धेरै क्षति गरेकाे त छ तर उपलव्धि पनि भएकाे छ भन्दै प्रमुख खुलाल भन्नुहुन्छ -" भुकम्प नअाएकाे भए नयाँ स्वरुपका बिधालय देख्न पाउने थिएनाै र अचानक सिर्जित हुने प्राकृतिक प्रकाेप प्रति हामी सजग हुने थिएनाै । "
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना दिवसको अवसरमा शनिबार हेटौँडामा प्रभातफेरी समेत गरिएको थियाे । जिल्ला आयोजना कार्यान्वयन इकाईको आयोजनामा हेटौँडाको भुटनदेवी माविबाट शुरु भएको प्रभातफेरी बजारको विभिन्न भाग परिक्रमा गरी सिद्धार्थ माविमा पुगेर समिक्षा कार्यक्रम गरिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा हाल सम्म निर्माण सम्पन्न भएका विद्यालयहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा ईकाई कार्यालयबाट विभिन्न स्थानिय तहमा खटिएका कर्मचारी मध्ये एक जना कर्मचारीलाई उत्कृष्ट काम गरेको भनि मनहरी गाउँपालिकाका खटिएका शम्भुराज कर्णलाई नगद १० हजार नगदले सम्मान गरिएको थियो ।
कार्यक्रममा शिक्षा ईकाई प्रमुख बद्रीबहादुर पाठक, भवन ईकाईका प्रमुख तुलसीराम खर्वुजाले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला आयोजना कार्यान्वयन ईकाइका प्रमुख बिमलकिशोर केपीको अध्यक्षतामा कार्यक्रम भएको थियो







