शान्तिपथ टाेलविकासकाे अध्यक्षमा गाैतम

हेटाैंडा ५ स्थित अब्बलडाडा शान्तिपथ टाेलबिकास संस्थाकाे १८ अाैं वार्षिक साधारण भेला अाज सम्पन्न भएकाे छ ।
वडा अध्यक्ष राजेश बानियाकाे प्रमुख अातिथ्यातामा भएकाे भेलामा हेटाैंडा उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत भैरव कुमाल एवम् टाेलविकास नगर समन्वय समिति उपाध्यक्ष सीता बिष्टकाे विशेष अातिथ्यता रहेकाे थियाे ।
अध्यक्ष सरस्वती दाहालकाे अध्यक्षतामा भएकाे भेलामा अार्थिक वर्ष ०७५/०७६ काे कूल ६ लाख २३ हजार ५ सय १७ रुपैया बराबरकाे अाय ब्यय विवरण पेश गरिएकाे थियाे ।
भेलामा सचिव अभिमन्यू गाैतमले संस्थाकाे प्रगति विवरण एवम् काेषाध्यक्ष कल्पना ढुङ्गेलले अार्थिक प्रतिवेदन पेश गर्नुभएकाे थियाे ।
भेलाले विभिन्न विधामा उत्कृष्ठ ब्यक्तिहरुलाई पुरस्कार एवम् सम्मान समेत प्रदान गरेकाे छ । यसरी सम्मनित हुनेमा पूर्व पदाधिकारी मध्ये पूर्व सचिव सुनिल गाैतम, जेष्ठ नागरिक सम्मान खडानन्द पराजुली तथा भक्तमाया तिमल्सेना, संस्थाकाे असल काराेबारी, सीता थापा लाई प्रदान गरेकाे हाे ।
त्यसैगरी टाेलबिकास अन्तरगत रहेकाे बालक्लबले अायाेजना गरेकाे स्पेलिङ कन्टेष्ट मा प्रथम हुने प्रसिद्ध गाैतम, प्रतीक सत्याल, द्धितिय श्रृना ढुङ्गेल लगायतलाई पुरस्कृत समेत गरेकाे छ ।
यसैगरि अन्तराष्ट्रिय लिटिल च्याम्पेन्सिप खेल प्रतियाेगितामा प्रथम हुने सिद्दान्त दाहाल एवम् असल बाल बचतकर्ता सभ्य दाहाललाई सम्मान एवम् पुरस्कार प्रदान गरेकाे सचिव अभिमन्यू गाैतमले जानकारी दिनुभयाे ।
भेलाले अभिमन्यू गाैतमकाे अध्यक्षतामा ११ सदस्सीय टाेल बिकास कमिटि समेत गठन गरेकाे छ । सर्वसम्मत चयन भएकाे कमिटिकाे उपाध्यक्षमा नन्द प्रसाद घिमिरे,सचिवमा रञ्जिता सिलवाल, र काेषाध्यक्षमा कल्पना ढुङ्गेल चयन हुनुभएकाे हाे ।
भेलामा हेटाैडा ५ का वडा सदस्य ज्ञानु थापा, समता स्कुलका प्राचार्य कल्पना पाेखरेल, सुनगाभा शिक्षा निकेतनका प्रिन्सिपल अरुण पराजुली, प्राचार्य घनश्याम घिमिरे लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।







