हेटौंडामा पहिलो पटक साइकलिङ अफरोड च्याम्पियनसिप सुरु

छहारी संवाददाता
पुस १२, २०७६

अाज हेटौंडामा पहिलो पटक साइकलिङ अफरोड च्याम्पियनसिप सुरु भएको छ ।

हेटौंडा राइर्डस क्लबको आयोजनामा भएको च्याम्पियनसिप प्रतियोगितामा ४ महिला सहित ४१ जनाले सहभागिता जनाएका छन् ।

भ्रमण वर्ष २०२० को अवसरमा भीमफेदी गाउँपालिकाको सामरीपुलबाट सुरु भएको च्याम्पियनसिपमा सहभागि साईकल यात्रिहरूले करिव २८ किलाेमिटर दुरि पार गरि मकवानपुरगढीको वडा ५ र ६ साविक आमभञ्ज्याङको डुम्रेकुनाबाट वडा २ बाँसपानी हुदैं शिकरकटेरी वडा ३ को मक्रान्चुली हँदै हेटाैडाकाे हुप्राचाैरमा अाएर सम्पन्न हुने रुट रहेको क्लबका अध्यक्ष विकास ताम्राकारले बताउनुभयाे ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले सिठ्ठी बजाएर उद्घाटन गर्नुभएकाे उक्त च्याम्पियनसिपमा देशका विभिन्न शहर हेटौंडा, काठमाडौं, दाङ, धरान, निजगढ, सिमरा, चितवनका गरि राष्ट्रिय स्तरका साइकिलिस्टहरुको पनि सहभागिता रहेको छ ।

च्याम्पियनसिपको उद्घाटन कार्यक्रममा समाजसेवी पुरन बहादुर जोशी, विश्व साईकल यात्री पुष्कर शाह, पुरानाे गोरखा गणका प्रमुख अनिल बुढाथोकी, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल, मकवानपुर होटल एसोसियसनका अध्यक्ष शंकरलाल श्रेष्ठ, मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जन, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव प्रमोद सिंह रानाभाट, क्लबका संस्थापक अध्यक्ष दीपेन्द्रचन्द्र ठकुरी, ट्राफिक प्रहरी प्रमुख हरिविष्णु ढकाल, जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौलागाई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष विकास ताम्राकारको अध्यक्षतामा भएको थियो ।

च्याम्पियनसिपका विजेताहरुलाई प्रथमलाई ५० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार नगदर सहित प्रदान गरिने अध्यक्ष ताम्राकारले बताए । च्याम्पियनसिपमा सहभागिता मध्ये ४० वर्ष माथीको एक जना साइकललिस्ट लाई उत्कृष्ट घोषित गरि २० हजार बराबरको साईकल पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*