प्रेस सङ्गठन नेपाल मकवानपुरमा पूर्णता

प्रेस सङ्गठन नेपाल मकवानपुरले पूर्णता पाएको छ ।
तत्कालिन प्रेस चौतारी र प्रेस सेन्टरको एकता पश्चात बनेको प्रेस सङ्गठन नेपालको मकवानपुर समितिले पुर्णता पाएको हो ।
नव गठित समितिमा ४१ सदस्य समितिको घोषणा प्रदेश समितिले गरेको हो ।
नव गठित समितिको संयोजक तत्कालीन प्रेस चौतारीका अध्यक्ष प्रकाश दाहाललाई र सहसंयोजकको जिम्मेवारी तत्कालीन प्रेस सेन्टरबाट अञ्जली थापालाई तोकेको छ ।
संयाेजक दहाललाई ताेकेकाे महिनाै पछि वल्ल सह संयाेजकमा थापा रहने सहमति भएर अाज पुर्णता पाएकाे हाे ।







