विवाहकाे १७ वर्षमा गायक ढकालको सम्बन्ध विच्छेद

छहारी संवाददाता
पुस ९, २०७६

अाधुनिक गितका चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबीच अापसि सहमतिमा सम्बन्ध विच्छेद भएको छ।

मंगलवार जिल्ला अदालत काठमाण्डाैमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका ढकाल दम्पतीले बुधवार सम्बन्ध बिच्छेद गरेका हुन् ।

उनीहरुकी छोरी रानी ढकाल आमा निलमसँगै रहने र अंश नलिने तथा छोरीलाई बाबाले बेलाबेलामा भेट्न दिने सहमती अनुसार न्यायाधीश विदुर कोइरालाको इजलासले विच्छेदको निर्णय सुनाएको हो ।

मुलुकी देवानी संहिता, २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्वन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ।

ढकाल दम्पतिकाे केही महिना अघि मात्र लालिगुराँस बहुउद्देशिय सहकारिवाट ५ कराेड ऋण लिएर तिर्न नसक्दा घर लिलामिकाे खवर वाहिरिएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*