साढे १० लाख ठगी गरेको आरोपमा गुरूङ पक्राउ

छहारी संवाददाता
पुस ९, २०७६

एजुकेसन कन्सल्टेन्सीको नाममा साढे १० लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

धादिङ साविक कटुन्जे गाविका-९ घर भई हाल ललितपुर बस्ने ४२ वर्षीय मानबहादुर गुरूङलाई डिल्लीबजारबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

वैदेशिक रोजगारको सिलसिलामा आफूलाई ‘रिहाना एजुकेसन कन्सल्टेन्सीको सञ्चालक हुँ’ भन्दै उनले म्याग्दीका हुमलाल गुरूङसमेतलाई ठगेको महाशाखाले जनाएको छ।

गुरुङ समेतका व्यक्तिहरूले महाशाखामा जाहेरी दिएपछि प्रहरी गुरूङको खोजीमा लागेको थियो।

सेेेेेेेताेपाटि

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*