नगर भित्रका शिक्षिकाहरू अाईसिटिमा दक्ष वन्दै

हेटौडा उपमहानगरपालीका भित्र रहेका करिव ३० जना प्राथमिक तहका शिक्षिकाहरुलाई अाजदेखि अाइटिसि सम्वन्धि तालिम सुरु गरिएकाे छ ।
सामुदायिक विधालयकाे शैक्षिक स्तर गुणस्तरिय वनाउने उदेश्यले नगर भित्र रहेका शिक्षिकाहरुको लागी सुचना, सञ्चार तथा प्रबिधि सम्बन्धी २ दिने तालीम सुरु भएको हो ।
नेपाल राष्ट्रिय शिक्षक संघ महिला बिभागको आयोजनामा सुरु भएको तालीममा शिक्षण पेशामा महिलाको अबस्था, कम्प्युटर सम्बन्धी जानकारी तथा लैगीक हिंसाका बारेमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।
नेपाल नेपाल राष्ट्रिय शिक्षक संघ महिला बिभाग मकवानपुरकी संयोजक लक्ष्मी गजुरेलको अध्यक्षता तथा हेटौडा उपमहानगरपालीकाकी उप प्रमुख मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो।
तालिमलाई नेपाल राष्ट्रिय शिक्षक संघ महिला बिभागका केन्द्रिय सदस्य कमलदा थापा,पद्मा पौडेल लगायतले सहजीकरण गरीरहनु भएको छ । कार्यक्रममा नगरका करिब ३० जना शिक्षिकाहरुको उपस्थीति रहेको छ । यो कार्यक्रम मकवानपुरका सबै गाँउपालीकामा हुने आयोजकले जनाएको छ ।
हेटाैडा उपमहानगरपालिका भित्र ८१ वटा सामुदायिक विधालयहरूमा ५२७ जना शिक्षकहरू मध्ये करिव ३०० जना शिक्षिकाहरू रहेका छन् ।







