लैङ्गिक विभेद ९९ वर्षपछि मात्र अन्त्य हुने

छहारी संवाददाता
पुस ३, २०७६

राजनीतिक, आर्थिक, स्वास्थ्य र शैक्षिक लगायत सबै क्षेत्रका आधारमा महिला र पुरुषबीचको भिन्नता पूरा हुन झन्डै एक शताब्दी लाग्ने बताइएको छ । 

विश्व आर्थिक फोरमको रिपोर्टका अनुसार अहिलेको दर र गतिमा परिवर्तन हुँदै गएमा ९९ वर्ष सम्ममा महिला पुरुष सबै क्षेत्रमा बराबर हुन सक्नेछन् ।

लैङ्गिक समानता सम्बन्धी विश्वव्यापी रुपमा भइरहेका प्रगति र सुधारको अध्ययन गर्दै आएको यस स्वीस आधारित कम्पनीले पछिल्लो समय धेरै भन्दा धेरै महिलाहरु राजनीतिमा प्रवेश गरिहेको तर उता आर्थिक क्षेत्रमा चाहिँ महिला पुरुषबीचको अन्तर झन बढ्दै गएको जनाएको छ । 

हाल युरोपियन सेन्ट्रल बैंक र वल्र्ड बैंकका वरिष्ठ पदहरुमा महिलाको भूमिका बढी देखिएको छ भने फिनल्यान्ड, जर्मनी र न्युजिल्यान्ड सहित विभिन्न देशमा महिला नेतृत्व जारी छ। 

तापनि अझै विश्वव्यापी रुपमा केबल २१ प्रतिशत महिला मात्र मन्त्रीको पदमा नियुक्त भएका छन् जसमा तिव्र परिवर्तन ल्याउन ठुल्ठुला देशहरुले प्रोत्साहनको काम गर्नुपर्ने फोरमको भनाइ छ । 

आर्थिक भिन्नता चाहिँ अघिल्लो वर्ष भन्दा बढेको छ किनकी विश्वमा सबैभन्दा छोटो समयमा तिव्र वृद्धि भइरहेको प्राविधिक क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व ज्यादै कम छ ।

 त्यस्तै क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स एआइले महिलाहरुलाई प्रतिस्थापन गर्न सक्ने खतरा पनि रहेको छ । यसरी २०१९ को अन्त्यमा सबैभन्दा बढी लैङ्गिक समानता भएको देशमा आइसल्यान्ड रहेको छ ।

यसपछि दोस्रो, तेस्रोगरी दशौँ स्थानसम्म नर्वे, फिनल्यान्ड, स्वीडेन, निकारागुवा, न्युजिल्यान्ड, आयरल्यान्ड, स्पेन, रुवान्डा र जर्मनी रहेका छन् । यस सूचीको सबैभन्दा अन्त्यमा चाहिँ पाकिस्तान, इराक र यमन रहेका छन् जहाँ महिला र पुरुषबीच सबैभन्दा धेरै विभेद हुने गरेको छ । 

फोरमको गत वर्षको रिपोर्टमा लैङ्गि भेदभाव सकिन १०८ वर्ष लाग्ने उल्लेख गरिएको थियो जसमा योपटक केही सुधार आएको छ । बीबीसी ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*