किर्तिपुरमा २ महिनाको शिशु सहित आमाको मृत्यु

छहारी संवाददाता
मंसिर ३०, २०७६

किर्तिपुरमा कोठा तातो बनाउन कोइला बालेर सुतेका दुई जनाको ज्यान गएको छ ।  

किर्तिपुर नगरपालिका ८ को पाँगा बसपार्क नजिकै शर्मिला रञ्जितकार र उहाँको दुई महिनाको छोराको ज्यान गएको कीर्तिपुर प्रहरीले जनाएको छ । 

एउटा साघुँरो कोठामा श्रीमान, श्रीमती र दुई महिनाको छोरा कोइला बालेर सुतेका थिए । श्रीमान नवराज रञ्जितकारले बिहान श्रीमती र छोरालाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गर्नुभएको थियो ।

अक्सिजन अभावका कारणका ज्यान गएको हुनसक्ने प्रहरीको भनाइ छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*