मिस वर्ल्ड २०१९ को उपाधी जमैकाकी टोनि एन सिंहले जितिन

मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी टोनी-एन सिंहले जितेकी छिन्। आज लण्डनमा भएको मिस वर्ल्डको फिनालेमा सिंहलाई विजयी घोषणा गरिएको हो। यस्तै फस्ट रनरअप फ्रान्स र दोस्रो रनरअप भारतले जितेको छ ।
मिस वर्ल्ड २०१९ मा नेपालकी अनुष्का श्रेष्ठ भने उत्कृष्ट १२ बाट बाहिरिइन्। तर अनुष्काले यो वर्षको मिस वर्ल्डको 'ब्युटि विथ प्रपोज' अवार्ड भने जित्न सफल भएकी छिन्। यसअघि उनले हेड टु हेड च्यालेन्ज र मल्टिमिडिया अवार्ड जितेकी थिइन्।
मिस वर्ल्ड २०१९ को उत्कृष्ट ५ मा भारत, जमैका, फ्रान्स, नाइजेरियाका र ब्राजिलका सुन्दरीहरु परेका थिए।







