देशभर चिसो बढ्यो, विभिन्न भागमा हल्का वर्षा

छहारी संवाददाता
मंसिर २७, २०७६

काठमाडौ लगायत देशका विभिन्न स्थानमा आज बिहान हल्का वर्षा भएको छ ।

हिउँदे वर्षा सुरु भयसङै देशभर चिसो बढेको छ ।जल तथा मौसम पुर्वानुमान महा शाखाका अनुसार, आज देशभरको मौसम बदली भई हल्का तथा मध्यम वर्षा हुनेछ ।

भोलि पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुने अनुमान गरिएको छ । 

आइतबार देशको पश्चिमी भू–भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमको केही स्थानहरुमा साथै मध्य र पूर्वका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*