जेष्ठ नागरिकको उचीत हेरचाहको व्यवस्था मिलाउने- मन्त्रि ढुङ्गेल

छहारी संवाददाता
मंसिर २५, २०७६

प्रदेश तिनका आर्थिक मामिला मन्त्रि कैलाश ढुङ्गेलले जेष्ठ नागरिकको उचीत हेरचाहको व्यवस्था मिलाउने गरि प्रदेश सरकारले निती तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयको छ ।

सामाजिक सुरक्षा भत्ताको सहज उपलब्धताको व्यवस्था गर्न सर्वसाधारणले प्रदेश सरकार समक्ष्य ध्यानाकर्षण गराएपछि आज हेटौडामा आयोजित सामाजिक सुरक्षामा नागरिक समाजको चासो बिषयक अन्र्तक्रिया कार्यक्रममा मन्त्री ढुङ्गेलले जेष्ठ नागरिक, अपाङ्ग र अशक्तहरुलाई मध्यनजर गर्दै उक्त प्रतिबद्धता गर्नु भयको हो ।

 उंहाले कार्यक्रममा घण्टौँ लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिक, अपाङ्ग र अशक्तहरुलाई असहज हुने भएकाले बैंक खातामै डिपोजीट हुने ब्यवस्था गर्न सर्वसाधारणले  गरेका माग प्रति आफु ध्यान दियर काम गर्ने बताउनुभयो  । 

सामाजिक सुरक्षा, नागरिक समाज सञ्जालका अध्यक्ष डोल्मा तामाङको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामा लगायत जिल्लामा सक्रिय गैरसरकारी सँस्थाका प्रतिनिधीहरुको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*