नेपाल पुरुष फुटबलमा विजेता बन्दै स्वर्ण पदक संख्या ५१

छहारी संवाददाता
मंसिर २५, २०७६

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलमा विजेता बन्दै स्वर्ण पदक संख्या ५१ पुर्याएकाे छ । 

अfज मंगलबार पुरूष फुटवल प्रतियाेगिताकाे स्वर्ण पदकका लागि दशरथ रंगशालामा भुटानसँग भएको खेलमा नेपालले २–१ को अन्तरले विजेता बनेकाे हाे । 

नेपालका तर्फबाटभ खेलको १७ ‍औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्रबाट बल प्रहार गर्दै गोलको सुरुवात गरेका थिए।

खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएर बराबरीमा ल्याएका थिए तर दोस्रो हाफ्को ९मिनेटमा सुनिल बलले गोल गर्दै गोल संख्या दोब्बर बनाएका थिए। यो जितसँगै नेपालले एक स्वर्ण हात पार्दै स्वर्ण संख्या ५१ पुर्याएको छ ‌।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*