प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा उल्लेख्य सुधार

छहारी संवाददाता
मंसिर १६, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार अाएकाे छ । उहाँ हाल सामान्य हिँडडुल गर्न सक्षम रहेको र बोलीचालीमा कुनै समस्या नरहेको जानकारि अाएकाे छ ।

त्रिवि शिक्षण अस्पतालका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा.उत्तमकृष्ण श्रेष्ठले अाज प्रेस विज्ञप्ति जारि गर्दै प्रधानमन्त्रीकाे स्वास्थ्य सुधारको जानकारी गराएका हुन् ।

अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार ‘ प्रधानमन्त्री काे मंगलबार शल्यक्रिया पश्चात सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखी उपचार भइरहेको जानकारि गराईएकाे छ ।

प्रधानमन्त्रीलाई सीमित व्यक्तिसँग बाहेक अन्यलाई भेटघाट गर्न दिइएको छैन । सचिवालय सदस्यका अनुसार प्रधानमन्त्रीले आइतबार साँझ आइप्याडबाटै सागको उदघाटन समारोह हेरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*