वडा कार्यालय मार्फत विपन्न वर्गकाे स्वास्थ्य विमा

छहारी संवाददाता
मंसिर १०, २०७६

राप्ति नगरपालिका वडा नं ४ का करिव १०० विपन्न परिवारकाे निशुल्क स्वास्थ्य विमा गरिएकाे छ ।

चितवनकाे राप्ती नगरपालिका ४ नं वडा कार्यालयमा अार्थिक बर्ष ०७६/०७७ मा स्वास्थ्य विमाकाे लागि अाएकाे करिव ३ लाख ५० हजार रकमलाई उचित प्रयाेग गर्दै विपन्न वर्गकै उत्थानका लागि स्वास्थ्य विमा गरिएकाे हाे ।

अार्थिक समस्यामा परेर अकालमा ज्यान गुमाउन नपराेस भन्दै वडाका विपन्न वर्गकाे उत्थानका लागि स्वास्थ्य विमा गरिएकाे बताउनुहुँदै वडाध्यक्ष शमशेर लामाले
स्वास्थ्य बीमा गरिएका मध्ये प्राय दलित समुदायका रहेकाे जानकारी गराउनुभयाे ।

जनताप्रेमि वडाध्यक्ष लामाले अाफ्नाे वडाले गरेको स्वास्थ्य बीमाले लक्षित वर्गलाई फाईदा हुने विश्वास गर्नुभएकाे छ । राप्ती नगरपालिकामानै वडाले गरेको याे उदाहरणिय र पहिलाे प्रत्यक्ष जनमुखि कार्यक्रम हाे ।

त्यस्तै वडाले लक्षित वर्ग समक्ष प्रत्यक्ष लैजाने किसिमका अन्य कार्यक्रमहरू समेत ल्याएकाे छ । जस अन्तर्गत महिलाहरुका लागि सिपमुलक सिलाई कटाई तालिम, सुत्केरी पोषण कार्यक्रम, विद्यार्थी खाजा कार्यक्रम रहेका छन ।

वडाध्यक्षले अाफ्नाे वडाका वडावासिलाई सिपमुलक तालिम मात्र प्रदान नगरेर सशक्तिकरण र अायअार्जनकाे वाटाेतर्फ समेत उन्मुख गराउन १० लाख रूपैयाँकाे वजेट छुट्टाउनु भएकाे छ ।

जस अन्तर्गत सिलाई कटाई तालिम पश्चात टेलर खाेल्न ३ लाख रुपैया, विद्यार्थी खाजा कार्यक्रमका लागि ४ लाख रुपैया र सुत्केरी पोषण खर्चका लागि ३ लाख रुपैया विनियोजन गरेको वडाध्यक्ष लामाले जानकारी गराउनुभएकाे छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*