आज बाला चर्तुदशी, सतबीज छरेर मनाईदै (तस्विरहरु)

छहारी संवाददाता
मंसिर ९, २०७६

आज बाला चर्तुदशी हिन्दू धर्माबलम्बीहरुले देशका विभिन्न शक्ति पीठहरुमा सतबीज छरेर मनाइरहेका छन ।

पशुपति लगायत देशभरका शिव मन्दिरमा आज बिहानैदेखि सतबीज छर्नेको भीड लागेको छ । आफ्नो परिवारका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छर्ने गरिन्छ । हेटौडाको भुवनेश्वर मन्दिरमा पनि सतविज छर्न भक्तजनहरुको भिड लागेको छ । 

सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा छर्दै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गरिन्छ । 

सतबीजबाट उम्रेर आएको अन्न दिवंगतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ । बालाचतुर्दशीमा एक गेडा सतबीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*