ट्रान्सपरेन्सि ईन्टरनेशनलकाे सामाजिक जवाफदेहिताकाे अाैजार वारे छलफल सम्पन्न

छहारी संवाददाता
मंसिर ९, २०७६

ट्रान्सपरेन्सि ईन्टरनेशनल नेपालकाे अायाेजनामा सामाजिक जवाफदेहिताकाे अाैजार वारे छलफल कार्यक्रम सम्पन्न भयकाे छ।

कार्यक्रममा सामाजिक जवाफदेहिताका अाैजारहरू
नागरिक वडापत्र, सुचना केन्द्र, नागरिक संजाल, सुचनाकाे हक, सामुदायिक रेडियाे, सुशासन कार्यान्वयन सर्वेक्षण, सार्वजनिक प्रतिवद्दता,सार्वजनिक सुनुवाई, सडक नाटक, गुनासाे संकलन, हाेडिङवाेर्ड, लाेककल्याणकारि सन्देश, सामाजिक लेखा परिक्षण, जागरण भेला अादि जस्ता क्रियाकलापहरू रहेकाे जानकारि गराउदै ट्रान्सपरेन्सि ईन्टरनेशनलका वरिष्ठ अधिकृत दिनानाथ भट्टराईले १७ जिल्लाका ३४ हजार घरधुरिमार्फत गरिएकाे सर्वेक्षणमार्फत सुशासनका साधनहरूकाे प्रभावकारितामा सबैभन्दा उत्कृष्ट अाैजार नागरिक वडापत्र रहेकेा करिव ५९ प्रतिशत र सहायता कक्षमा २८ प्रतिशतले मत राखेका जानकारि गराउनुभयकाे थियाे ।

२०७३ देखि हाल अशाेजसम्म प्राप्त तथ्याङ्कअनुसार ट्रान्सपरेन्सि ईन्टरनेशनलकाे भुकम्प पुनर्निर्माण सम्वन्धि मकवानपुर जिल्लाबाट ४१७ वटा गुनासाे दर्ता भएकाे पाईएकाे छ । जसमा सबैभन्दा वढि भक्तपुरबाट ६३१ र सबैभन्दा कम नुवाकाेटबाट १२१ वटा जनगुनासाे अाएकाे पनि उहाँले तथ्याङ्क प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रममा सहभागिहरूले हाेर्डिङवाेर्ड संघसंस्थाले कमाइ खाने भाडाेकाे रूपमा प्रयाेग गरिरहेकाे तथा शहरकाे सुन्दरता समेत विगारेकाे हुँदा हटाउने तर्फ लाग्नुपर्ने जाेड दिएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमराज जाेशि, नेपाल प्रहरि जिल्ला प्रमुख मुकेश कुमार सिंह, शसस्त्र प्रहरी वल प्रमुख विकास घिमिरे लगायत करिव २५/३० जनाकाे सहभागिता रहेकेा थियाे । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*