सबैभन्दा बढि उर्जा खपत सिमेन्ट उधाेगले गर्ने

छहारी संवाददाता
मंसिर ९, २०७६

सम्झना घिमिरे / नेपालमा चाहिने भन्दा ४२ प्रतिशत वढि उर्जाकाे खपत सिमेन्ट उधाेगहरूले गर्ने गरेकाे तथ्याङ्कले देखाएकाे छ ।

अाज हेटाैँडामा उर्जा जलस्राेत तथा सिँचाई मन्त्रालय सिंहदरबार काठमाण्डाैकाे अायाेजनामा उर्जा दक्षता र संरक्षण विधेयक सम्वन्धि प्रदेश स्तरिय अन्तर्क्रिया कार्यक्रममा नेपालका सिमेन्ट उधाेगहरूवाट उर्जा दक्ष उपाय कार्यान्वयन मार्फत ४२ प्रतिशत उर्जा खपत गर्न सकिने तथ्यांक प्रस्तुत गरिएकाे थियाे ।

कार्यक्रममा जर्मन सहयाेग नियाेगका संयाेजक डा. नारायण प्रसाद चाैलागाईले उर्जा दक्षता र संरक्षणकाे अाधारभुत सिद्दान्त सम्वन्धि कार्यपत्र प्रस्तुत गर्दै उर्जा दक्षता भन्नाले पाईरहेकाे सुविधामा कटाैति नभई कम उर्जा उपयाेगबाट वढि वस्तु उत्पादन तथा सेवा प्रवाह लिनु रहेकाे जानकारी गराउनुहुँदै उहाँले नेपालमा उर्जा दक्ष उपायहरूकाे कार्यान्वयन गर्ने हाे भने हाेटलबाट ३९ प्रतिशत, सावुन तथा सरसफाई उधाेगबाट ३६% , ईटा उधाेगबाट ३३ प्रतिशत उर्जा खपत गर्न सकिने वताउनुभयाे ।

त्यस्तै कार्यक्रममा डा.चाैलागाइले प्रस्तुत गर्नुभएकाे कार्यपत्रमा नेपालिहरूले प्रति व्यक्ति प्रति वर्ष २४५ किलाेवाट विधुत खपत गर्ने , भारतले ९१८ , चिनले ४२९० किलाेवाट विधुत खपत गर्ने देखिएकाे थियाे ।

सन २०१९ मा यडिविकाे सहयाेगमा पियडिईसिअाे निकायले गरेकाे अध्ययनबाट नेपालमा उर्जा परिक्षण गरियकाे निश्चित उधाेगहरूमा करिव ४ कराेड अमेरिकि डलरकाे लगानिमा वार्षिक १ कराेड ७५ लाख वरावरकाे अार्थिक बचत तथा १८.८ किलाेटन तेलशक्ति बराबरकाे उर्जा बचत हुने देखाएकाे छ ।

कार्यक्रममा उर्जा जलस्राेत तथा सिंचाई मन्त्रालयका सहसचिव ताेयानाथ अधिकारिले उर्जा दक्षता तथा संरक्षण सम्वन्धि विधेयककाे मुख्य प्रावधानहरूका सम्वन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे ।

उहाँले उर्जा दक्षता तथा संरक्षण सम्वन्धमा व्यवस्था गर्न बनेकाे विधेयककाे उर्जाकाे दक्ष र किफायति प्रयाेगलाई प्रवर्दन प्राेत्साहन गर्न र उर्जा अायातलाई विस्थापन गरि व्यापार घाटा न्युनिकरण गर्ने प्रमुख उद्देश्य रहेकाे वताउनुभयाे ।

उर्जा खपत वढाउँदैमा हाम्राे जीवन सुलभ हुन्छ भन्ने छैन भन्दै अधिकारी भन्नुहुन्छ -" हामिले उर्जाकाे सहि उपयाेग गर्न जान्नुपर्छ । "

कार्यक्रममा सामान्य वल्वकाे तुलनामा एल.ई.डि. वल्वले वार्षिक १०५५ रूपैया, सामान्य पंखाकाे तुलनामा उर्जा दक्ष पंखाले ८९५ रूपैयाँ, सामान्य टेलिभिजनकाे तुलनामा एल.ई.डि टलिभिजनले बार्षिक १५०७ रूपैयाँ बचत गराउने जानकारि गराइएकाे थियाे ।

उर्जा जलस्राेत तथा सिचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालकाे सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्रालयका सहसचिव ताेयानाथ अधिकारी, वैकल्पिक उर्जा प्रवर्धन केन्दका राजु लाैडरि, जर्मन सहयाेग नियाेगका काेअाेर्डिनेटर डा. नारायण प्रसाद चाैलागाई, हेटाेडा उपमनपा प्रमुख हरिवहादुर महत, मनहरि गापा अध्यक्ष एकराज उप्रेती, हेटाैडा सिमेन्ट उधाेगका प्रमुख , नेपाल विधुत प्राधिकरणका प्रमुख, लगायत करिव २५/३० जनाकाे सहभागिता रहेकाे थियाे । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*