जिसस महासंघ प्रदेश ३ को भेला अाजवाट शुरु

जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्बर ३ स्तरीय भेला आजबाट चितवनकाे साैराहामा सुरु भएको छ । उक्त भेलाले चितवन घोषणा पत्र जारी गर्ने भएकाे छ ।
दुई दिन सम्म चल्ने उक्त भेला भाेलि प्रदेश तिनका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुहुने भएकाे छ ।
जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्बर ३ को आयोजना तथा जिल्ला समान्वय समिति चितवनको समन्वयमा अाज दिउसाेवाट सुरू भएकाे उक्त भेलाले अाज पहिलाे दिन प्रदेश कमिटिकाे वैठक बसेकाे थियाे ।
जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललको अध्यक्षतामा बसेको बैठकले दाेस्राे दिन हुने भेलामा उठाउने विषयका विषयमा छलफल गरेको छ ।
भेलाकाे दाेस्राे दिन भाेलि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि, प्रदेशका प्रमुख सचिव तोयम राय, नगरपालिका महासंघका अध्यक्ष, गाउँपालिका महासंघका अध्यक्षलगायत प्रदेशका १३ वटै जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, जिल्ला समन्वय समितिका सदस्यहरु, प्रदेश कमिटिका पदाधिकारीहरु तथा समन्वय अधिकारीसमेतको सहभागिता रहने भएकाे छ ।







