सिमेण्ट उत्पादक संघको उपाध्यक्षमा शिवम सिमेन्टका गोयल मनाेनित

नेपाल सिमेण्ट उत्पादक संघको केन्द्रीय उपाध्यक्षमा शिवम् सिमेण्ट हेटौंडाका प्रमूख सुरेन्द्र गोयल मनोनित भएका छन् ।
उत्पादक संघका अध्यक्ष ध्रुव्र थापाले आज एक कार्यक्रमका बीच शिवम् सिमेण्टका प्रमूख गोयललाई मनोनित गरेका हुन् ।
उपाध्यक्षमा मनोनित भएपछि गोयलले आफू अव निर्माण व्यवसायी कम्पनी, उपभोक्ताको हित र सिमेण्ट उत्पादक कम्पनीको बजार ब्यवस्थापनमा दरिलो भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गोयलले स्वदेशी उत्पादनमा आत्मनिर्भर गराउन आफू सक्रियरुपमा लाग्ने बताउँदै नेपाल सरकार र सम्बन्धित पक्षको भरपूर सहयोग रहनेमा आशावादी रहेको बताउनुभयाे ।
यसैगरी सिमेण्ट उत्पादक कम्पनीहरुले देशकै चर्चित शिवम् सिमेण्टका प्रमूख नै आज सिमेण्ट उत्पादक संघको उपाध्यक्ष भएकाले आफूहरुमा आशा र भरोषा पलाएको बताउनुभयाे ।
एक उद्योगका प्रवन्धक भन्छन्ः ‘अब हामीमा आशा र भराेसा पलाएको छ । नेपाली उत्पादक कम्पनीहरुले कुशल उद्योगीलाई उपाध्यक्षमा पाएको छ । अब नेपाली सिमेण्ट उद्योगको बजार व्यवस्थापन ठिक ढंगले अगाडी बढ्नेमा आशावादी छु ।‘







