अन्तराष्ट्रिय बाल अधिकार दिवसमा सिविन नेपालले गर्याे किशाेरि भेला

सिविन नेपालले अाफ्नाे ३२ अाैँ बार्षिकाेत्सव तथा २० अाैँ अन्तरास्ट्रिय बाल अधिकार दिवसकाे अवसरमा किशाेरि भेला गरेकाे छ ।
कार्यक्रममा बाेल्दै हेटाैडा उपमहानगरपालिका कार्यालय उपप्रमुख मिना लामाले देशलाई बलियाे जनशक्तिकाे अावश्यकता रहेकाे छ भन्नुभएकाे थियाे । किशाेरिहरू बालविबाह गर्ने परिपाटि विरूद्द उभियर अव्वल दर्जाकाे नागरिक बन्नु पर्ने उहाँ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ अहिलेका अामा बाबू अाफ्ना सन्तानकाे भविस्यका लागि जिवनकै सम्पुर्ण लगानि गर्न समर्पित छन त्यसैले किशाेरि हरू पनि राष्ट्रकाे उज्जवल भविस्य निर्माणमा कसरी लाग्ने साेचका साथ अघि वढ्नुपर्छ ।
साेहि कार्यक्रम मार्फत सुस्मिता वाईवाकाे अध्यक्षतामा १९ सदस्यिय नगर किशाेरि कमिटि समेत गठन गरेकाे छ । कमिटिकाे उपाध्यक्षमा सुस्मिता लाे, सचिवमा रचना गाैतम , सहसचिवमा रस्निला अर्याल, काेषाध्यक्षमा सरस्वति सापकाेटा र सदस्यहरूमा स्वस्तिका लामा, सुनिता भ्लाेन, निकिता अधिकारी लगायत रहेका छन।
वालवालिका तथा युवाकाे चासाेकाे विषयमा हामिले ध्यान दिनुपर्छ भन्नुहुन्छ सिविन नेपालका मकवानपुर संयाेजक झविन्द्र ज्ञवालि । वालवालिका सम्वन्धि अहिलेकाे र पहिलेकाे समस्याकाे यउटै छ तर प्रकृति फरक रहेकाे कुरा व्यक्त गर्नुहुन्छ ।
जिल्लालाई नै २०७८ सम्ममा वालविवाह मुक्त जिल्ला घाेषणा गर्ने अभियानमा रहेकाे मकवानपुर जिल्लामा विगत ३२ वर्षदेखि वालवालिकाकाे क्षेत्रमा काम गरिरहेकाे सिविन नेपालले अाज अाफ्नाे बार्षिकाेत्सव तथा २० अाै अन्तरास्ट्रिय बाल अधिकार दिवसकाे अवसरमा किशाेरि भेला गरेकाे थियाे । सिविनले जिल्लामा वालविवाह राेक्ने देखि लियर बालवालिकाकाे क्षेत्रमा उल्लेख्य काम गर्दै अायकाे छ।
भेला हेटाैडा उपमनपा उपप्रमुख मिना लामाकाे प्रमुख अातिथ्यता तथा नगर किशाेरि समुहकि सुस्मिता वाईवाकाे सभाध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा पत्रकार महासंघ मकवानपुरकि उपाध्यक्ष सरिता दहाल, मानव अधिकारकर्मि अारति पाठक, ईन्सेक जिल्ला प्रतिनिधि पुष्पराज अधिकारी लगायत किशाेरिहरूकाे सहभागिता रहेकाे थियाे ।
त्यसैगरि सिसिडियनले पनि वालसंरक्षण परियाेजना अन्तर्गत करिव २ कराेड २३ लाख रकमकाे परियाेजना ल्यायकाे छ ।
पहिला वालविवाह परिवारकाे दवावमा हुन्थ्याे तर हाल स्वेच्छिक रूपमा वालवालिकाहरू विविध साेसल मेडिया मार्फत वालविवाह गर्ने गरेकाे अाफ्नाे अनुसन्धानका क्रममा फेला पारेकाे सिसिडियनका बालसंरक्षण परियाेजनाका संयाेजक बद्रि वाग्ले बताउनुहुन्छ ।
समय परिवर्तन संगै वालवालिकाहरूले थप नयाँ चुनाैतिहरूकाे र विश्वव्यापि परिवर्तनकाे सामना गर्नु परिरहेकाे छ ।
किशाेरावस्था त्यसमा पनि चञ्चल स्वरूप अाफुमा अाएकाे शारिरिक तथा मानसिक परिवर्तन संगै सामाजिक समस्या र चुनाैति झेल्न वाध्य छन अहिलेका वालबालिकाहरू। युनिसेफले २० बर्ष मुनिका वालबालिकाले बालविबाह गर्न नपाउने अन्तर्राष्ट्रिय नीति बनाएकाे छ । तर मकवानपुर जिल्लामा दिनहु जसाे वालविवाहका घटनाहरू अाईरहेका हुन्छन ।







