नेपालको भूमि एक इञ्च पनि मिच्न कसैलाई छुट छैनः प्रधानमन्त्री ओली 

छहारी संवाददाता
मंसिर २, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई कालापानीबाट आफ्नो सेनालाई फिर्ता लैजान आग्रह गर्नुभएको छ ।

नेकपाका भातृ संगठन राष्ट्रिय युवा संग नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको एक इञ्च पनि भूमि कसैलाई मिच्न नदिने बताउँदै भारतलाई कालापानीबाट आफ्नो सेनालाई फिर्ता गर्न आग्रह गर्नुभएको हो ।

यसैबीच प्रधानमन्त्री ओलीले अहिलेको सरकार नेपालको अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्षी दल कांग्रेसले कालापानी, लिपुलेक, लिम्पियाधुराबारे किन बोल्दैननलगाएतका प्रश्न गर्दैगर्दा अहिलेको सरकारले भारतीय फौज फिर्ता गराउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो–‘अहिले आएर सीमाना मिचिएको होइन । यसअघिका शासकहरुका कमजोरीका कारण मिचिएको हो । ती मिचिएका नेपाली भू–भाग फिर्ता लिन अहिलेको सरकार सक्षम छ ।’

त्यस्तै उहाँले आफ्नो भूमि एक इञ्च पनि मिच्न नदिने बताउनुभयो । सीमा मिचिएको विषयमा अहिले राष्ट्रिय एकता कायम गर्न आफूहरु सफल भएको उहाँको भनाइ छ । न्युज २४ अनलाईनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*